जनप्रतिनिधि र ठेकेदार खोज्दै विरौटा-छोरेपाटन सडक खण्डमा स्थानीयको चक्काजाम

पाेखरा | बैशाख १२, २०८०

जनप्रतिनिधि र ठेकेदार खोज्दै विरौटा-छोरेपाटन सडक खण्डमा स्थानीयको चक्काजाम Photo Bhupal Gurung

पोखरा:  पोखराको विरौटा-छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले जनप्रतिनिधि र ठेकेदार खोज्दै सडक चक्काजाम गरेका छन् ।
 

सिद्धार्थ राजमार्गसँग जोडिएको पोखरा १७ विरौटा–छोरेपाटन सडक खण्ड राम विल्डर्स कम्पनीले ठेक्का लिएर समयमै काम सम्पन्न नगरेको भन्दै पटकपटक ध्यानाकर्षण गराएपनि निर्माणलाई तिव्रता नदिएको भन्दै स्थानीयले आज सडक चक्काजाम गरेको बताएका छन् । 


उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको भन्दै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले संसदमा समेत जानकारी गराएकी थिईन् । 


विरौटा-छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्